ओखलढुंगाको मूलखर्क स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–५ को मूलखर्क स्वास्थ्य चौकीलाई स्वास्थ्य सेवा विभागबाट विभिन्न स्वास्थ्य सामाग्री प्राप्त भएको हो ।
नेपाली कांग्रेस सुनकोशी गाउँपालिका कार्यसमिति उपसभापति सुवास तामाङ, सुनकोशी गाउँपालिका–१ निवासी ने.बि संघ केन्द्रिय सदस्य अर्चना लुइँटेल र स्थानीय मुन्ना तामाङ लगायतको पहलमा स्वास्थ्य सेवा विभागबाट विभिन्न स्वास्थ्य सामाग्री प्राप्त भएको वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिए ।
विभागबाट स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर एक थान, पल्स अक्सिमिटर पाँच थान, औषधि, मास्क गरि एक लाख बढीको स्वास्थ्य सामाग्री प्राप्त भएको वडा अध्यक्ष तामाङले बताए । उनका अनुसार अनुसार प्राप्त स्वास्थ्य सामाग्री बिहीबार नै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य चौकीलाई प्राप्त भएको स्वास्थ्य सामाग्रीले नागरिकलाई सेवा प्रवाह गर्न थप सहज हुने स्वास्थ्य चौकी इन्चार्ज लासाङ तामाङले बताए ।
काठमाण्डौ देखि मुलखर्कसम्म सामाग्री ढुवानीका लागि भने नेपाल तरुण दल केन्द्रिय सदस्य बुद्ध तामाङले सहयोग गरेको वडा अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
प्रतिक्रिया