ओखलढुंगा जिल्ला अदालतमा एक वर्षमा ३४४ मुद्धा फछ्र्यौट भएका छन् । गत आर्थिक वर्ष २०७९-८० अदालतले ३४४ वटा मुद्धा फैसला गरेको हो ।
आव २०७९-८० नयाँ दर्ता भएका २७७ र अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा फछ्र्यौट हुन बाँकिरहि जिम्मेवारी सरेर आएका १९८ गरि कुल ४७५ वटा मुद्धामा ७२.४२ प्रतिशत अर्थात ३४४ वटा फछ्र्यौट भएको अदालतका तहसिलदार तथा सूचना अधिकारी प्रमोद रिजालले जानकारी दिए ।
उनका अनुसार आव २०७९-८० मा फछ्र्यौट हुन बाँकी मुद्धाको संख्या १३१ रहेको छ । अघिल्लो आव २०७९-८० मा नयाँ दर्ता हुन आएका मुद्धामा फौजदारी प्रकृतिका ९५ वटा मुद्धा थिए भने देवानी प्रकृतिका १८२ थिए ।
तीन वर्षसम्मको तथ्यांक अनुसार ओखलढुंगा जिल्ला अदालतमा मुद्धा फछ्यौटको संख्यामा निरन्तर वृद्धि भएको छ ।
आव २०७७-७८ मा २३५ मुद्धा फछ्र्यौट भएकोमा आव २०७८-७९ मा २७८ वटा मुद्धा फछ्र्यौट भएका थिए भने आव २०७९ मा ३४४ वटा मुद्धा फैसला भएको सूचना अधिकारी रिजालले बताए ।
अहिले फैसला हुन बाँकी दुई बर्ष पुराना एउटै पनि नरहेको अदालतले जनाएको छ ।
ढिला न्याय दिनु भनेको न्याय नदिनु सरह भएकाले न्याय सम्पादनलाई छिटो, छरितो र विस्वसनीय बनाउने कुरामा आफु दृढ रहेको जिल्ला न्यायाधीश टिकाराम आचार्यले बताए । द्रुत न्याय सम्पादनसँगै अदालतबाट प्रवाह हुने सेवालाई पनि सरल र सर्वसुलभ बनाइएको अदालतले जनाएको छ ।
प्रतिक्रिया