आफैंले बोकेको झोला पासो लागेर ओखलढुंगामा एक वृद्धको मृत्यु

आफैंले बोकेको झोला पासो लागेर ओखलढुंगामा एक वृद्धको मृत्यु


भिजन समाचार
7.6k
Shares

ओखलढुंगामा आफैंले बोकेको झोला पासो लागेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका–६ रातेडाँडाका ६४ वर्षीय वृद्ध कुलबहादुर सुराली मगरको मृत्यु भएको हो ।

आइतबार साँझ ५ बजे साही वडाको मिलनचोकबाट आलु सहितको झोला पछाडी पिठ्युमा बाकेर फर्किएका मगर सोमबार बिहानसम्म पनि घर आई नपुगेपछि आफन्तले खोजी गर्दा झोलाको पासो लागेर मृत्यु भएको अवस्थामा शव फेला परेका हुन् ।

घरभन्दा करिब ५०० मिटर पश्चिम उत्तर तर्फ गोरेटो बाटोबाट लडेका मगर चिलाउनेको रुखमा उक्त झोला अल्झिएर घाँटीमा पासो लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । साघुँरो गोरेटोबाटोमा भारीबोकेर हिड्दा हुर्रिएर लडेको र रुखमा झोला अल्झिएर घाँटीमा पासो लागेको प्रहरीको भनाइ छ ।

प्रहरी चौकी गाम्नाङ्गटारबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।