युवा संघ ओखलढुंगामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा निर्विकल्प बने विनोद खत्री

युवा संघ ओखलढुंगामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा निर्विकल्प बने विनोद खत्री


भिजन समाचार
6.9k
Shares

राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगाले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न सातौं जिल्ला अधिवेशनले विनोद खत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ जिल्ला कमिटी चयन गरेको हो ।

अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनेर युवा संघलाई चलायमान बनाएका खत्री अध्यक्षमा निर्विकल्प बनेका छन् । क्षमतावान अर्को युवालाई नेतृत्व हस्ताक्षर गर्ने बताएका खत्रीलाई जिल्ला पार्टी र युवा संघका प्रतिनिधिहरुले अध्यक्षकै जिम्मेवारी दिएका हुन् ।

युवा संघ जिल्ला कमिटी उपाध्यक्षमा उपाध्यक्षमा विवेक तामाङ, सचिवमा सुमन घिमिरे, सह सचिवमा सुवास घिमिरे र देवन राई, कोषाध्यक्षमा किरण श्रेष्ठ, युथफोस प्रमुखमा किरण जोशी श्रेष्ठ, साइबर सरकल प्रमुखमा रविन थापा निर्विरोध निर्वाचित भएका छन । क्षमता,भुमिका र भुगोलका आधारमा जिल्ला कमिटीले पूर्णता पाउने जनाइएको छ ।

ऐतिहासिक अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत नेतृत्व चयन गरेर युवा संघले उर्जाशिल सन्देश दिएको एमाले जिल्ला कमिटी सचिव कमलप्रसाद न्यौपानेले बताए । सबै जनसंगठन चलायमान बनाउँदै जिल्लामा एकतावद्व र सुदृढ एमाले निर्माणमा पार्टी लागेको सचिव न्यौपानेको भनाइ छ ।

युवा संघ इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको युवा संघको सातौं जिल्ला अधिवेशनले संघका विगत कामको समिक्षा गर्दै आगामी योजनासमेत तय गरेको छ ।