ओखलढुंगामा सर्जकलाई प्रोत्साहन गर्न ‘धप प्रतिभा पुस्कार’ दिइने

ओखलढुंगामा सर्जकलाई प्रोत्साहन गर्न ‘धप प्रतिभा पुस्कार’ दिइने


भिजन समाचार
4.9k
Shares

सर्जकलाई प्रोत्साहन गर्न ओखलढुंगामा ‘धप प्रतिभा पुस्कार २०८०’ प्रदान गरिने भएको छ । प्रगतिशील लेखक संघ ओखलढुंगाले जिल्लामै पहिलो पटक धप प्रतिभा पुस्कार प्रदान गर्ने भएका हो ।

समाजसेवी सिताराम गुरुङले आफ्नो स्वर्गीय बुबा धनबहादुर गुरुङ र आमा पदमकुमारी गुरुङको नाममा स्थापना गरेको जिल्लाकै पहिलो प्रगतिशील साहित्यिक पुरस्कार नै धप प्रतिभा पुरस्कार हो ।

धप प्रतिभा पुरस्कार २०८० प्रगतिवादी धारमा रहेर कलम चलाउने जिल्लाका एक जना सर्जकलाई प्रदान गरिने प्रगतिशील लेखक संघ ओखलढुंगाका अध्यक्ष सानु कोविदले भिजनलाई जानकारी दिए ।

साहित्यप्रति आम नागरिकको आकर्षण घट्दै गइरहेको अवस्थामा समाज परिवर्तनको लागि साहित्यमा कलम चलाउने सर्जकलाई प्रोत्साहन गने उद्धेश्यले पुरस्कार प्रदान गर्न लागिएको उनको भनाई छ ।

१२ हजार १२ रुपैयाँ राशी भएको पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भुपाल राईद्धारा असोज ६ गते रुम्जाटारमा एक कार्यक्रमकाबिच प्रदान गरिने संघले जनाएको छ ।

प्रगतिशील लेखक संघ ओखलढुङ्गाद्वारा वितरण हुने समाजसेवी सिताराम गुरुङले आफ्नो बुबा धनबहादुर र आमा पदमकुमारी गुरुङको नाममा स्थापना गरेकाे ओखलढुङ्गा जिल्लाकै पहिलो प्रगतिशील साहित्यिक पुरस्कार हाे ।