कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । ओखलढुंगा जिल्लाबाट निर्वाचित दुवै सांसद मन्त्री बनेका छन् ।
मुख्यमन्त्री थापाले पहिलो चरणमा जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट १/१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका माओवादीका बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्दा कांग्रेसका प्रदीप सुनुवार खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री नियुक्त भएका छन् ।
सुनुवार र गौतम ओखलढुंगाबाट निर्वाचित सांसद हुन् ।
नियुक्त भएका तीन जनामध्ये सुनुवार जगेबु यसअघि पनि थापा नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री बनेका थिए । सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै बदर गरिदिएपछि उनीहरु विनाविभागीय भएरै विदा भएका थिए ।
चार सदस्सीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा शपथ लिएका थापाले विश्वासको मत लिएपछि मात्रै अन्य मन्त्री थप गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया