ओखलढुंगा सदरमुकामका पहिरो पीडितलाई वडाले राहत दिने भएको छ । मंगलबार बिहानको पहिरोले जिल्लाको सिद्धिचरण नगरपालिका १२ जिसस नजिक साल्मेखोरिया टोलमा दुई वटा पक्की घर र एक कुखुरा फार्ममा क्षति पुगेको थियो ।
बुधबार बसेको वडाको बैठकले पीडितहरुलाई राहत स्वरुप समग्रमा एक लाख रुपौयाँ सहयोग गर्ने निर्णय गरेको वडा अध्यक्ष उमंग श्रेष्ठले बताए ।
तत्कालका लागि पहिरो पन्छाउन सहयोग पुगोस भन्ने उद्वेश्यले सहयोग रकम दिइने उनको भनाई छ । आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर थप राहत र सहयोग प्रदान गरिने वडा अध्यक्ष श्रेष्ठले बताएका छन् ।
अहिले नेपाली सेनाको दुर्गा बक्स गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको जेसिबी, पीडित परिवार र स्थानीयको सहयोगमा पहिरोले ल्याएको ढुंगा–माटो तथा लेदो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।
मंगलबार घर भन्दा पाँच सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय सोम बहादुर खत्रीको तीन तला आधाको पक्की घर र स्थानीय पेशल खत्रीको तीन तले पक्की घर तथा सुनकोशी घर भई सोही ठाउँमा कुखुरा फार्म गरि बस्ने ३० बर्षीय कोल बहादुर खत्रीको फार्ममा क्षति पुग्दा क्षति पुगेको थियो ।
पहिरोले कुल एक करोड एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
प्रतिक्रिया