ओखलढुंगा । सोलुखुम्बुको नेचा स्वास्थ्य चौकीको नवनिर्मीत भवन हस्तान्तरण गरिएको छ । भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले स्थानीय सरकारलाई भवन हस्तान्तरण गरेको हो ।
२ करोड ५९ लाख ७० हजार २ सय ९० रुपैंया ५५ पैसाको लागतमा निर्माण भएको सूविधा सम्पन्न भवन निर्माण व्यवसायी सगरमाथा निर्माण सेवा प्रा.लिका आधिकारीक प्रतिनिधि यादवबहादुर थापाले नेचा सल्यान गाउँपालिका ३ का वडाअध्यक्ष सिताराम भट्राईलाई हस्तान्तरण गरेका हुन् ।
शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाद्धारा एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अनुसार नेचा सल्यान गाउँपालिका ३ नेताबेतघारीमा स्वास्थ्य चौकी निर्माण गरिएको थियो ।
सूविधा सम्पन्न भवन निर्माणपछि त्यस क्षेत्रमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाइने हुने नेचा सल्यान गाउँपालिका स्वास्थ्य शाखाका मेघराज कटेलले बताए ।
प्रतिक्रिया