गर्मीमा मुटुको समस्या र बच्ने उपाय

भिजन समाचार
0
Shares

काठमाडौं। केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीहरूका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ । गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका/मिर्गौला रोगी, पहिले बेहोस भइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामी पर्दछन् ।

अझ मुटुजन्य समस्या भएका व्यक्तिहरूका लागि त झन् उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बरले बढ्छ । अति गर्मीले मुटुका बिरामीको ज्यानसमेत जान सक्छ । तापमान वृद्धिका कारण कहीँ वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेष गरी हृदयाघात) बढिरहेको छ । यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ । जाडोमा जसरी रक्तनली साँघुरो भएर रक्तचाप बढ्छ, त्यसको ठीक विपरीत गर्मीले गर्दा रक्तनलीको आकार बढेर रक्तचाप घट्न सक्छ । बढ्दो गर्मीमा टाउको दुख्ने समस्या हुने गर्दछ । गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप �