ओखलढुंगा । बिषालु च्याउ खाँदा ओखलढुंगामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी भएका छन् । बारीमा पलाएको च्याउ खाँदा गम्भीर बिरामी परेकी चिशंखुगढी गाउँपालिका ७ डाँडागाउँकी २४ बर्षीय कल्पना शर्माको ज्यान गएको हो । कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त छन् । उनको टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।
असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा श्रीमान श्रीमती नै बिरामी परेका थिए । काठमाण्डौको टिचिङ अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
बिषालु च्याउ सेवन गरेका उनका श्रीमान पर्शुराम खतिवडाको अबस्था गम्भिर रहेको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया