विगुटार स्वास्थ चौकीलाई रेफ्रिजेरेटर

विगुटार स्वास्थ चौकीलाई रेफ्रिजेरेटर


भिजन समाचार
106
Shares

ओखलढुंगा । नेपालमेड इभि जर्मनीले विगुटार स्वास्थ चौकीलाई रेफ्रिजेरेटर सहयोग गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–७ को स्वास्थ चौकीलाई संस्थाले रेफ्रिजेरेटर प्रदान गरेको हो ।

लामो समयसम्म भ्याक्सिन लगायत औषधि सुरक्षित राख्न सकिने विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) सर्टिफाइड आइस लाइनेड रेफ्रिजेरेटर स्वास्थ्य चौकीलाई प्राप्त भएको छ ।

शनिबार एक कार्यक्रमका बिच संघीय सांसद रामहरि खतिवडा, सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, वडा अध्यक्ष भल बहादुर कट्वाल लगायतको सहभागीतामा संस्थाका प्रतिनिधि गोपी दाहालले स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा संघीय सांसद खतिवडाले सरकारले गर्नुपर्ने काम संघसंस्थाले आफै जुटेर गर्नु सह्राननीय रहेको बताएका थिए । स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरिरहेको बताउँदै स्वास्थ्य चौकीको आवश्यक्ता अनुसार सहयोग गरेकोमा संस्थालाई सिनपाका मेयर खनालले धन्यवाद दिए ।

भ्याक्सिन सुरक्षित राख्न समस्या नहोस भन्ने उद्वेश्यले जर्मनीमा क्रियाशिल चिकित्सकहरुको संस्था नेपालमेड इभिको सहयोगमा पाँच लाख बराबरको रेफ्रिजेरेटर प्रदान गरिएको संस्थाका प्रतिनिधि गोपी दाहालले बताएका छन् । विगतमा रेफ्रिजेरेटर नहुँदा खोप जोगाउनै मुस्किल हुने गरेको स्मरण गर्दै आगामी दिनमा सहज हुने स्वास्थ्य चौकी इन्चार्ज अन्जु श्रेष्ठले बताइन् ।

प्राप्त सामाग्रीको सहि सदुपयोग गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उनको भनाई छ । नेपालमेड इभि जर्मनीले अध्यक्षे नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानव संशाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएको छ ।