लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस ओखलढुंगामा सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । ‘लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता, व्यक्ति, समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने नारा सहित दिवस मनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको आयोजना र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जाल्पा मन्दिर देखि निकालिएको र्याली नगरपरिक्रमा गरी सिद्धिचरण पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
लागु औषध दुरुपयोग तथा ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य समाज निर्माण गर्ने उद्धेश्यले जिल्लामा सचेतनामुलक कार्यक्रम गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रर्दशनी कुमारीले बताइन् ।
विद्यालय उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरु दुव्र्यसनमा फस्ने जोखिम उच्च रहने भएकाले सचेतनाका कार्यक्रमलाई जोड दिइएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दीपक बहादुर केसीले बताए ।
र्यालीमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी कार्यलयका प्रमुख प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि शिक्षक, विद्यार्थी र स्थानीयको सहभागीता थियो ।
प्रतिक्रिया