ब्याकुल माइलालाई म्याग्दीमा अभिनन्दन

ब्याकुल माइलालाई म्याग्दीमा अभिनन्दन


भिजन समाचार
0
Shares

काठमाडौं । राष्ट्रगानका रचयिता ब्याकुल माइलालाई म्याग्दीमा अभिनन्दन गरिएको छ ।  म्याग्दीमाको बेनी स्थित वेष्ट पोइन्ट विद्यालयले राष्ट्रगानका रचयिता प्रदिपकुमार राई ब्याकुल माइला) लाई अभिनन्दन गरेको हो  ।

वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.लि.का अध्यक्ष यज्जनलाल शाक्यले अभिनन्दन पत्र र दोसल्ला ओढाई अभिनन्दन गरेका छन् ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै रचियता राईले राष्ट्रिय गीत सबैभन्दा धेरै र व्यवस्थित तरिकाले गाउने भनेकै विद्यार्थीहरुले हो भन्दै विद्यार्थीहरुलाई राष्ट्रप्रति सम्मान प्रकट गर्न, देशको सेवा गर्न लगनशील भएर पढ्नु र अघि बढ्न आग्रह गरेका थिए ।

विद्यालयले आदिकवि भानुभक्त आचार्यको जन्म महिनाको अवसरमा आयोजना गरेको अन्तरविद्यालय छन्दोबद्ध कबिता प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथिको रुपमा ब्याकुल माइला म्याग्दी पुगेका थिए ।