युगकवि सिद्धिचरण, यस जिल्लाले देखे
मेरो प्यारो ओखलढुंगा, मिठो कविता लेखे
यहि जिल्लामा जन्मनु भो, बलबहादुर राई
जिल्लाबासी खुशी थिए, सालिन नेता पाई
ईश्वर पोखरेल, यज्ञ सुनुवार, रामहरि अनि
तेजन खनाल होमनाथ दाहाल, रुक्मांगत कटुवाल पनि
जन्माको थियो यस जिल्लाले, यस्ता नेता धेरै
विकासले गति लियो, लाग्या होइन बरै
मेलवादेवी पान्डव सुनुवार, ब्याकुल माहिला पनि
जन्मेका थिए यसै ठाँउमा, गर्भ गर्छन अनि
यातयात को सुविधा छ,गाडी प्लेनको पनि
सबै कुरा ले परिपूर्ण, ओखलढुंगा अनि
डाँडा वारि डाँडा पारि ,दवै तिर सहर
यस जिल्लामा घुम्ने मेरो, थियो ठुलो रहर
श्रष्टाहरुको सालिक देखेँ- देखेँ ओखल पनि
यहि ओखलको नामले जन्म्यो, ओखलढुंगा अनि
यज्ञबहादुर क्याप्टेन भए, भि.सि अगम राई
ओखलढुंगा सँधै हाँस्छ, यस्ता बहादुर पाई
दोस्रो ठुलो पोकली झरना, हेरिरहुँ हुने
हरियाली डाँडाकाँडाले, मन सँधै छुने
होमनाथ खनाल
ओखलढुंगा
हाल : काँडाघारी, विरेन्द्र चोक, काठमाण्डौ
प्रतिक्रिया