ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका निवर्तमान वडाअध्यक्ष कमल बहादुर बानियाँ जवरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । नाबालिक किशोरीको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरले बानियाँलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका बानियालाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
बानियाँ २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट चुनाव लडेर वडाअध्यक्ष निर्वाचित भएका थिए । गत फाल्गुनमा भएको संघीय निर्वाचनमा दलत्याग गरेपछि एमालेको अनुरोधमा निर्वाचन आयोगले उनलाई पदबाट निलम्बन गरेको थियोे ।

प्रतिक्रिया