ओखलढुंगाको सुनकोशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति ओखलढुंगाका उप–प्रमुख तथा खोप समन्वय समितिका उप–संयोजक तारा कार्कीले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेकी हुन् । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु महतवपूर्ण बिषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय समिति उप–प्रमुख कार्कीले गाउँपालिका अध्यक्ष कमल तामाङलाई हस्तान्तरण गरेकी थिइन् ।
पालिकाका सबै बालबालिकाले खोपा पाएको र आगामी दिनमा पनि खोप कार्यक्रममा समेटिने सुनिश्चितता गरिएपछि आयोजित घोषणा सभामा गाउँपालिका अध्यक्ष तामाङले सुनकोशीका नागरिकलाई स्वस्थ बनाउन पालिकाले नीतिगत रुपमै काम गरिरहेको बताए । कोखदेखि शोकसम्म नागरिकको साथमा स्थानीय सरकार रहेको प्रत्याभूति दिलाउँदै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष तामाङको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारी र सरोकारवालालाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताइन् ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेत्र बहादुर कटवालले जानकारी दिए ।
खोप लगाउने उमेर समूहका सबै अर्थात ८८ जना बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले छ ।

प्रतिक्रिया