ओखलढुंगामा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, एमाले तेस्रो

भिजन समाचार
20
Shares

ओखलढुंगामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ । सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्दै रास्वपाले जिल्लामा पहिलो पार्टी बनेको हो ।

मृुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाका अनुसार जिल्लामा समानुपातिकतर्फ खसेको ५९ हजार ६९० मतमध्ये ५६ हजार ९८० मत सदर भएको छ भने २ हजार ७१० मत बदर भएको छ । समानुपातिकतर्फ कुल मतदाता एक लाख २२ हजार ७४१ थिए ।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७ हजार ६३९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको गर्दा नेपाली काँग्रेसले १२ हजार ८९१ मत प्राप्त गर्दै दोस्रो भएको छ । तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ९ हजार २१० मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ६ हजार ९६४ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ४ हजार ६२५ मत प्राप्त गर्दै पाँचौँ भएको छ । 

राष्ट्रिय परिवर्तन पार्टीले २ हजार ३९४, जनता समाजवादी पार्टी नेपालले ७१७ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६७८, मंगोल नेशनल अर्गनाइजेशनले २७०, नेपाल जनता संरक्षण पार्टीले १६४, सार्वभौम नागरिक पार्टीले १४१, जनमत पार्टीले ११३, राष्ट्रिय जनमुक्ति पार्टी ले १०१, राष्ट्रिय गौरव पार्टीले ८१, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ५० मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फ सहभागी ५७ वटा दलमा सबैले धेरै देखि थोरै परिणाममा मत प्राप्त गरेको र शुन्य मत कुनै पनि पार्टीको नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।