ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदैरेमा भएको वृद्ध दम्पती हत्या तथा लुटपाट प्रकरणमा संलग्न अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार र बालसुधार गृह चलान गरिएको छ ।
सोही वडाका ३४ वर्षीय धनबहादुर राना मगरलाई पुर्पक्षका लागि कारागार कार्यालय ओखलढुंगा चलान गरिएको छ भने घटनामा संलग्न १७ वर्षीय एक नाबालकलाई बालसुधार गृह विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
गत माघ १३ गते राति करिब १० बजे चिशंखुगढी गाउँपालिका–६ बोहोरास्थित ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या गरिएको थियो । घटनापछि फरार रहेका अभियुक्तलाई प्रहरीले माघ २३ गते काठमाडौं महानगरपालिका–१५ डल्लुबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले गरेको थियो ।
अनुसन्धान सम्पन्न भएपछि फागुन १४ गते ओखलढुंगा जिल्ला अदालतको आदेशअनुसार धनबहादुर राना मगरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । साथै, सोही घटनामा संलग्न नाबालकलाई बालसुधार गृह विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया