सालको पात टिप्न गएकी वृद्धाको लडेर मृत्यु

भिजन समाचार
60
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० रुप्से स्थित आम्जानी जंगलमा भिरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।

शुक्रबार सालको पात टिप्ने क्रममा अन्दाजी ७१ वर्षीया मुगामाया ढुङ्गानाको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । चिशंखुगढी गाउँपालिका–८ घर भई हाल माइतीघर बस्दै आएकी ढुङ्गाना आम्जानी जंगलको भीरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिक्रम बहादुर भट्टराईका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मिलन चोकबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।