राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय ओखलढुंगाले विभिन्न कार्यक्रम आयोजना गरी उत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले नियमित तथा उत्कृष्ट सेवाग्राहीहरूलाई सम्मान गरेको छ । बैंकका अनुसार निक्षेपतर्फ सुनिता श्रेष्ठ र सम्झना राजभण्डारी, कर्जातर्फ प्रवचन किराना स्टोर एण्ड सप्लायर्स, स्टार बिल्डर्स एण्ड सप्लायर्स, गोविन्द हार्डवेयर एण्ड सप्लायर्स तथा डिजिटल सेवातर्फ कृष्ण राम माकजू सम्मानित भएका हुन् ।
शाखा प्रबन्धक सुरेन्द्र बञ्जाराले नियमित ग्राहकलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले सम्मानित सेवाग्राहीहरूलाई सम्मानपत्र तथा खादा प्रदान गरिएको बताए ।
उनका अनुसार यस्ता कार्यक्रमले ग्राहकको विश्वास बढाउनुका साथै बैंकिङ सेवाप्रति सकारात्मक धारणा विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा स्थानीय व्यवसायी, सेवाग्राही तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया