ओखलढुंगाको चम्पादेविमा एक पुरुष मृत फेला परेका छन् । शुक्रबार विहान चम्पादेवि गाउँपालिका–८ का अन्दाजी ४३ वर्षीय डाक बहादुर खत्री आफ्नौ घर नजिकै मृत फेला परेका हुन् ।
खत्रीलाई घर भन्दा अन्दाजी ५० मिटर टाढा स्थानियले मृत अवस्थामा फेला पारे पछि परिवारलाई खबर गरि घटना स्थलबाट शवलाई बोकेर घर लगेर राखेको थियो । सोहि वडाका वडाअध्यक्ष हरि बरालले पुरुष मृत फेला परेको जानकारी दिए पछि प्रहरी चौकी चुप्लुघोराखोरीको टोलि पुगेर घटनास्थल सुरक्षित राखिए काे छ।
आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा चार जनाको टोली पनि खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया