जबरजस्ती करणी कसुरमा सुनकाेशीका २१ वर्षीय युवक जेल चलान

भिजन समाचार
324
Shares
सांकेतिक तस्वीर ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय सरोज बस्नेत जबरजस्ती करणी उद्योग कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रहरीका अनुसार बस्नेतमाथि २०८० चैत १७ गते १८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि प्रहरीले २०८२ मंसिर २९ गते उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धान सम्पन्न भएपछि मंगलबार ओखलढुंगा जिल्ला अदालतको आदेश अनुसार बस्नेतलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिए ।

घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अदालत मार्फत अघि बढाइने छ ।