ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् ।
प्रहरीका अनुसार शेर्पामाथि आफ्नै ११ वर्षीय छोराको असाेज २९ गते कर्तव्य गरी ज्यान मारेको आरोप लागेको छ । घटनासम्बन्धी अनुसन्धानका क्रममा उनलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो ।
अनुसन्धान सम्पन्न भएपछि आइतबार ओखलढुंगा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि शेर्पालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अदालत मार्फत अघि बढाइने छ ।

प्रतिक्रिया