स्नोसञ्चार प्रेजेन्ट मिस्टर एण्ड मिस स्नो एम्बेस्टर सिजन–१ को उपाधि श्रेष्ठलाई

भिजन समाचार
474
Shares

ओखलढुंगामा आयोजित स्नोसञ्चार प्रेजेन्ट मिस्टर एण्ड मिस स्नो एम्बेस्टर सिजन–१ को उपाधि सिद्धिचरण नगरपालिका–१२ की युहेना श्रेष्ठले जितेकी छन् ।

सिद्धिचरण नगरपालिका–१२ मा शनिबार सम्पन्न प्रतियोगितामा श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन् ।

गत कात्तिक २३ गतेदेखि सुरु भएको प्रतियोगितामा भोटिङ राउन्डबाट सिधै टप–टेनमा प्रवेश गरेकी श्रेष्ठ अन्ततः मुख्य उपाधि जित्न सफल भएको स्नोसञ्चार प्रेजेन्ट मिस्टर एण्ड मिस स्नो एम्बेस्टरका सिइयो सम्भव क्षेत्रीले जानकारी दिए ।

उपाधि विजेता श्रेष्ठले ट्रफी, नगद ५० हजार रुपैयाँ, साथै थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर र एयर होस्टेजको निःशुल्क कक्षा प्राप्त गर्नेछिन् ।

प्रतियोगितामा ३३ जना प्रतिस्पर्धी सहभागी थिए । तीमध्ये श्रेष्ठले प्रथम स्थान हासिल गर्दै ओखलढुंगामा सम्पन्न पहिलो संस्करणको उपाधि जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा काठमाडौंबाट ७ जना प्रतिस्पर्धी सहभागी भएका थिए । काठमाडौंका प्रतिस्पर्धीमध्ये पुरुषतर्फ प्रियस जंग कुँवर र महिलातर्फ करुणा गुरुङ सहभागी भएको सिइयो क्षेत्रीले बताए ।