जेनजी आन्दोलन पछि पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ओखलढुंगामा (नेकपा) एमालेले बृहत कार्यकर्ता भेला गरेको छ । भेलालाई पार्टीका उप–महासचिव पृथ्वी सुब्बा गुरुङ, कोशी प्रदेश इन्चार्ज शेरधन राई, जिल्ला ईन्चार्ज यज्ञराज सुनुवार र जिल्ला कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का (जिबि) लगायतले सम्बोधन गरेका थिए । सचिव अशोक थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कमलप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका वत्ताहरुले बद्लिँदो राजनीतिक परिस्थिती र पार्टीको आगामी कार्यदिशाका बारेमा धारणा राखेका थिए ।
पार्टीलाई थप एकतावद्ध बनाउने र नयाँ परिवर्तित नेतृत्वसहितका ठोस् योजना लिएर जनताका बीचमा थप परिस्कृत ढंगले जाने निष्कर्षसहित भेला समापन भएको पार्टी प्रचार विभाग प्रमुख राजिव कट्वालले जानकारी दिए ।
भेलामा पार्टीका जिल्ला कमिटी, पालिका कमिटीका पदाधिकारी, माथिल्लो कमिटीका नेता एवम् जनसंगठनका नेता, कार्यकर्ता सहभागी थिए ।







प्रतिक्रिया