ओखलढुंगामा मौसमी फ्लूको संक्रमण बढ्न थालेको छ । अस्तालमा मौसमी फ्लूका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पताल रुम्जाटारमा मौसमी ज्वरो र रुघाखोकीका बिरामी बढेको अस्पताल प्रमुख डा. रविकुमार यादवले बताए ।
ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगका बिरामी बढेको डा. यादवले बताए । दूषित पानी र खानपानका कारणले मानिस विरामी परेका छन् । अस्पतालमा दैनिक दर्जन बढीको संख्यामा बिरामी आउने गरेको यादवले बताए ।
मौसमी फ्लुबाट बच्न सफा र किटाणु रहित पानी मात्र सेवन गर्न, सरसफाईमा ध्यान दिन उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया