ओखलढुंगाको मोलुङ गाउँपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री वितरण गरिएको छ । करुणा फाउन्डेसन र मोलुङ गाउँपालिकाको सहकार्यमा अपांगता भएकाहरुलाई आवश्यकता अनुसारको सहयोगी सामग्री प्रदान गरिएको हो ।
मोलुङ गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाका अनुसार गाउँपालिका, करुणा फाउन्डेसन र प्रदेश सरकारको साझेदारीमा आठ लाख ३३ हजार पाँच सय ९५ रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो ।
अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं. १, २, ३ र ५ का ४३ जना अपांगता भएका व्यक्तिहरूलाई ट्वाइलेट कुर्सी, लठ्ठी, हियरिङ डिभाइस, कमर पेटी, ढाड पेटी र वाकर जस्ता सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत वडा नं. १ का २० जना, वडा नं. २ का १० जना, वडा नं. ३ का ८ जना र वडा नं. ५ का ५ जनालाई आवश्यकता अनुसार सामग्री प्रदान गरिएको हो । अपांग व्यक्तिहरूको दैनिकीमा सहजता ल्याउने उद्देश्यले सहयोगी सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया