दुधकुण्डमा नेपाली सेनाद्वारा भक्तजनको उपचार

भिजन समाचार
238
Shares

सोलुदुधकुण्ड नगरपालिका–१ स्थित दुधकुण्डमा जनैपूर्णिमाको अवसरमा आयोजित मेलामा सहभागी भक्तजनलाई नेपाली सेनाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

नेपाली सेनाको दुर्गा बक्स गण ओखलढुंगाद्वारा सञ्चालित शिविरमार्फत हिमाली क्षेत्रमा अक्सिजन कमीका कारण हुने टाउको दुखाइ, थकान, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणको उपचार र स्वास्थ्य परामर्श सेवा दिइएको गणपति तथा प्रमुख सेनानी विजय प्रकास आङ्देम्बेले बताए ।

साउन २३ र २४ गते सञ्चालन गरिएको स्वास्थ्य परीक्षण तथा सहायता केन्द्रमार्फत २०५ महिला र १५१ पुरुष गरी ३५६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उच्च जोखिममा रहेका चार जना भक्तजनलाई कठिन भौगोलिक अवस्थाबाट स्ट्रेचरमा बोकेर सेनाले उपचार केन्द्रसम्म पु¥याएको थियो ।

उप सेनानी गणेश बहादुर बोगटीको कमाण्डमा खटिएको मेडिकल टिम र एलआरपी टोलीले साउन २१ गतेदेखि नै दुधकुण्ड क्षेत्रमा स्वास्थ्य सेवा र उद्धार कार्य सुरु गरेका थिए ।