ओखलढुंगामा बलात्कार आरोपमा एक पुरुष पक्राउ

भिजन समाचार
432
Shares
सांकेतिक तस्वीर ।

ओखलढुंगामा बलात्कार आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–७ का ५२ वर्षिय पुरुषलाई मंगलबार पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले आरोपितको विवरण प्रहरीले गोप्य राखेको छ ।

पिडित युवतीका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरिक्षक विजय कार्कीले बताए ।

ती युवतीलाई आरोपितले साउन १ गते बलत्कार गरेको आरोपमा पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा हिजो जाहेरी दिएका हुन् । जाहेरीको आधारमा पक्राउ परेका उपर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।