गोठमा आगलागी हुँदा २२ वटा खसीबाख्रा जलेर मरे

भिजन समाचार
20
Shares

ओखलढुंगाको खिजीदेम्बामा बाख्रा गोठमा आगलागी हुँदा २२ वटा खसीबाख्रा जलेर मरेका छन् । खिजिदेम्वा गाउँपालिका–७ लामपातेका राम बहादुर बस्नेतले बुकु दोभान मोहन बहादुर खडकाको गोठमा पालेका २२ वटा खसीबाख्रा आगलागीमा परि जलेर मरेका हुन् ।

बेलुका घाँस हालेर घर गई बिहान गोठमा जाँदा आगलागीका कारण सबै खसीबाख्रा मरेको पाइएको पीडित खड्काले बताएका छन् ।

आगालगीका कारण गोठ पुर्ण रुपमा जलि नष्ट भएको छ भने १६ वटा बाख्रा, एउटा बोका, एउटा खसी र चार वटा बाख्राको गरि २२ वटा मरेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । क्षतीको एकिन विवरण आउन बाँकी छ ।