लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुंगाले प्रतिभाको खोजी गर्ने

भिजन समाचार
222
Shares

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुंगाले प्रतिभाको खोजी गर्ने भएको छ । प्रतिष्ठानले १२औं वार्षिक साधारण सभा तथा बृहत साँस्कृतिक कार्यक्रममको अवसरमा उक्त प्रण गरिएको हो ।
साधरणसभामा प्रतिष्ठानको बार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष बालकुमार श्रेष्ठले प्रतिष्ठानलाई कला कौशल सँगै आर्थिक रुपले पनि सबल बनाउने योजना रहेको बताएका छन् । जसका लागि जिल्लाका स्थानीय तहसँग समन्वय सहकार्य गर्ने, जिल्लामा अवसर नपाएका प्रतिभाहरुलाई प्रस्फुटनको माध्यम सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
यस्तै जिल्लाको सबै क्षेत्र, भूगोल, प्राकृतिक सम्पदा, जातजाति, कला र सँस्कृतिलाई समेटेर राष्ट्रिय गीत बनाउने पनि प्रतिष्ठानको योजना रहेको श्रेष्ठले बताए । यसका साथै वरिष्ट लोक गायक स्व.पाण्डव सुनुवारको सालिक बनाउने काम पनि तत्काल सुरु हुने श्रेष्ठको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष जुना श्रीस मगर, गायक तथा सङ्गितकार प्रतिष्ठानका केन्द्रीय सचिव तथा कोशी प्रदेश ईन्चार्ज युवराज मगर, कोशी प्रदेश सदस्य रमेश आचार्य लगायतले लोक तथा दोहोरी गीतको संरक्षण सम्बर्धनमा आफुहरु निरन्तर जुटिरहेको बताएका थिए । लाेक कलाकारहरुले साँगितिक प्रस्तुती दिएका थिए ।
अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन भन्ने नाराका साथ शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति ओखलढुंगाको १२औं वार्षिक साधारण सभा तथा बृहत सांस्कृतिक जिल्ला समन्वय समितिको सभा हल ओखलढुंगामा सम्पन्न भएको छ ।