ओखलढुंगा । यातायात व्यवस्था कार्यालय रुम्जाटारले चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा तीन करोडभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार साउनदेखि चैत्र मसान्त सम्म आयकर सहित कुल तीन करोड ७ लाख ९३ हजार ६८ रुपैयाँ राजश्व उठाइएको हो ।
कार्यालयका सूचना अधिकारी सुमनकुमार पाण्डेका अनुसार सवारी साधन कर, सवारी इजाजतपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दस्तुर, यातायात व्यवसाय दर्ता तथा नवीकरण लगायत शीर्षकबाट उक्त राजश्व संकलन भएको हो ।
उक्त अवधिमा एक हजार ५०९ जनाले सवारी चालक अनुमतिपत्र प्राप्त गरेका छन् भने दुई हजार १६६ सवारी साधन नवीकरण गरिएको छ । यस्तै ४७७ सवारी नामसारी, १८० जाँचपास तथा १६ सवारी पञ्जीकरण सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै राजश्व संकलनमा वृद्धि भएको जनाएको छ ।

प्रतिक्रिया