६७.०१ अंक सहित सिद्धिचरण नगरपालिका जिल्लामै प्रथम

भिजन समाचार
104
Shares

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आर्थिक वर्ष २०८१/०८२ मा स्थानीय तहहरूले सम्पादन गरेका गतिविधिहरूको मूल्याङ्कनमा सिद्धिचरण नगरपालिका जिल्लामै प्रथम भएको छ ।

आयोगले १७ वटा सूचकका आधारमा गरेको अन्तिम मूल्याङ्कन अनुसार सिद्धिचरण नगरपालिकाले ६७.०१ अंक प्राप्त गर्दै ओखलढुंगा जिल्लाका आठ वटा स्थानीय तहहरूमध्ये पहिलो स्थान हासिल गरेको हो ।

नगरपालिकाले यो उपलब्धि सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको साझा प्रयासको परिणाम भएको जनाएको छ । साथै यस उपलब्धिका लागि सबैलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ।

मूल्याङ्कनको नतिजा अनुसार सुनकोशी गाउँपालिका ६४.०५ अंक सहित दोश्रो भएको छ । यसैगरी मोलुङ गाउँपालिकाले ६०.९६ अंक, खिजीदेम्वा गाउँपालिका ६०.८० अंक, लिखु गाउँपालिका ६०.७७ अंक, चिसंखुगढी गाउँपालिका ५५.६१ अंक, चम्पादेवी गाउँपालिका ४७.७२ अंक र मानेभञ्ज्याङ गाउँपालिकाले ४७.५१ अंक प्राप्त गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार स्थानीय तहहरूको कार्यसम्पादन, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन तथा सेवा प्रवाह लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको जनाएको छ ।