मानेभञ्ज्याङमा बाख्रा चराउन गएका वृद्धकाे भिरबाट लडेर मृत्यु

भिजन समाचार
418
Shares

ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–५ रिचुवाका ६८ वर्षीय प्रेमबहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसाे बाख्रा चराउन गएका राई घर नफर्किएपछि आफन्तले खोजतलास गर्ने क्रममा शनिबार दिउँसो करिब ३ बजे घरदेखि करिब ३ किलोमिटर टाढा महादेवस्थान सामुदायिक वनको भिरमा करिब ५०० मिटर तल झरेको अवस्थामा मृत फेला परेका हुन् ।


घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक केशबराज मैनालीको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखिएको छ ।


आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमाण्डमा थप टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।