आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले हातहतियार बुझाउन आग्रह गरेको छ ।
बुधबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजानाहरू माघ १५ गतेभित्र बुझाउन आग्रह गरेको हो ।
उक्त हतियारहरू नजिकैकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिनेछ र निर्वाचन सम्पन्न भएपश्चात् हातहितयारहरू फिर्ता लैजान पाइने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी मनोज कुमार मगरले बताए ।
तोकिएको समयमा हातहतियार नबुझाइ कसैले कानुनविपरीत घरमै हातहतियार राखेमा कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया