ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा सम्पन्न मावि स्तरीय चौथो राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा गोल्मादेवी माध्यमिक विद्यालय पलापुले उपाधि हात पारेको छ ।
पुष ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा गोल्मादेवी मावि पलापुले ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १३ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
नवजीवन मावि फेदिगुठले ६ स्वर्ण, १ रजत र ५ कास्य गरी कुल १२ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने बालज्योति मावि चित्रेले ४ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १२ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।
चम्पादेवी गाउँपालिकाका सूचना अधिकारी हरि प्रसाद पौडेलका अनुसार प्रतियोगितामा गाउँपालिकाcभित्रका नौवटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया