ओखलढुंगामा एकल महिला मृत फेला, अनुसन्धान गर्न कुकुर झिकाइँदै

भिजन समाचार
1.1k
Shares

ओखलढुंगामा एकल महिला घरैमा मृत फेला परेपछि अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइँदैछ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्कीको घरैमा शंकास्पद शव फेला परेपछि अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको हो ।

श्रीमान् बितेपछि घरमा एक्लै बस्दै आएकी उनको असोज २६ गते निधन भएको भनि २७ गते हिँजो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी लगत्तै कार्कीको घरमा पुगेको प्रहरीले हत्याको आशंका गरेर शव नउठाइ अनुसन्धान थालेको छ ।

घटनास्थल र शवको अवस्था विश्लेषण गरेर थप अनुसन्धान गर्नुपर्ने भएकाले कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले भिजनलाई जानकारी दिए । सम्भवतः आजै कुकुर आइपुग्ने भएकाले तत्काल अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।