नेपाली सेनामा कार्यरत एक युवाको रुखबाट लडेर मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका– १ कुइभिरटारका ३६ वर्षका गुणराज अधिकारीको दशैं मान्न घरबिदामा आएका बेला घाँस झार्नेक्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
नेपाली सेनामा कार्यरत अधिकारी सोमबार अपरान्ह घर नजिकै रहेको ओदालको रुख चढेर घाँस झार्ने क्रममा हाँगो भाँचिएर रुखबाट लडेर घाइते भएका थिए । तत्काल उद्धार गरि उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याइएकोमा राति १० बजे अस्पतालले मृत घोषणा गरेको चिशंखुगढी गाउँपालिका–१ का वडा अध्यक्ष उषक कट्वालले जानकारी दिए ।
अघिकारी सोलुखुम्बुको नाम्चेमा रहेको भगवती प्रसाद गुम्ममा अमल्दार पदमा कार्यरत थिए । पारिवारिक स्रोतका अनुसार उनि दशैं सकेर गुल्ममा फर्किने योजनामा थिए ।

प्रतिक्रिया