ओखलढुंगामा ७८ कुकुरलाई रेविज खोप


विश्व रेविज दिवसको अवसरमा ओखलढुंगामा ७८ वटा कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप लगाइएको छ ।

सिद्धिचरण नगरपालिकामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र नगरपालिकाको संयुक्त आयोजनामा खोप अभियान सञ्चालन गरिएको हो ।

पशु स्वास्थ्य प्राविधिक हिरा परियारका अनुसार ४१ सामुदायिक र ३७ घरपालुवा गरेर जम्मा ७८ कुकुरलाई खोप लगाइएको छ । त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसका सूचना अधिकारी धिरेन राईले अभियानकै क्रममा केन्द्रका प्राविधिक टोलीले १६ घरपालुवा कुकुरलाई खोप लगाएको जानकारी दिए ।

निमित्त प्रमुख एवम् पशु चिकित्सक गणेश भट्टराईले रेविज अत्यन्त घातक रोग भएकाले नियमित खोप आवश्यक हुने बताए । उनले यस प्रकारका अभियानलाई निरन्तरता दिइने स्पष्ट पारे । जिल्लाका अन्य पालिकाहरु बाट पनि खोप अभियानलाई अझ व्यापक बनाउन आग्रह गरेका छन् ।