ओखलढुंगामा दशैँका लागि सुकिला नोट सटही सुरु

भिजन समाचार
154
Shares

राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा शाखा तथा जिल्लाका विभिन्न वित्तीय संस्थाले दशैँका लागि सुकिला नोट सटही सेवा सुरु गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगाका सहायक शाखा प्रबन्धक विनोद कुमार रामका अनुसार केही दिन अघिबाटै दशैँलक्षित सुकिला नोट सटही सुरु गरिएको हो । उनका अनुसार ११ हजार रुपैयाँसम्म मात्र सटही गर्न पाइनेछ ।

बैंकमा हाल ५० को नोटको अभाव रहेकोले सो दरको नोट पाइने सम्भावना कम रहेको रामले जानकारी दिए । सोमबार एकैदिनमा करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।

दशैँको बिदाको अघिल्लो दिनसम्म सुकिला नोट वितरण सेवा निरन्तर रहने र सर्वसाधारणले आफ्ना खाता भएको सम्बन्धित बैंकमार्फत नोट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा शाखाले जनाएको छ ।