विपद् तथा हिंसा प्रभावितलाई आयआर्जनमा सहयोग

भिजन समाचार
38
Shares

टेवा संस्थाको सहयोगमा परिवर्तनशील महिला सामुदायिक संस्थाले ओखलढु्रगाका विपद् तथा हिंसा प्रभावित परिवारलाई सहयोग गरेको छ ।

मोलुङ गाउँपालिका–४ माझखर्कमा साउन ३१ गते चट्याङ लागेर मृत्यु भएका वीरबहादुर तामाङकी श्रीमती करिना तामाङलाई आय आर्जनमा सहयोग पु¥याउने उद्देश्यले १० हजार रुपैयाँ बराबरको बाख्रा खरिद गरी हस्तान्तरण गरिएको हो ।

त्यस्तै, सिद्धिचरण नगरपालिका–७ का हिंसा प्रभावित घरपरिवारलाई १० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा खाद्य सामग्री हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिइन् ।

सहयोग कार्यक्रममा महिला जागरण समूहले सरसफाइका सामग्रीसमेत हस्तान्तरण गरी हिंसा प्रभावित परिवारलाई सहयोग पु¥याएको संस्थाले जनाएको छ ।