ओखलढुंगा सामुदायिक अस्पतालले शनिबारदेखि स्वास्थ्य बिमा सम्बन्धी प्रेषण (रेफरल) सेवा पुनः सञ्चालन गरिएको छ ।
स्वास्थ्य बिमा बोर्डले गत असार १० गते प्रकाशित सूचना मार्फत अस्पताललाई बिमाको प्रथम बिन्दुबाट हटाएको थियो । तर, सेवाग्राहीलाई सहज बनाउन पुनः प्रेषण केन्द्रका रूपमा सूचीकृत गरेपछि रेफर सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिए ।
अब जिल्ला अस्पताल रुम्जाटार, स्वास्थ्य चौकी रानीवनसहित देशभरका बिमाको प्रथम बिन्दु रहेका स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीलाई रेफरल विवरण र बिमा कार्डको आधारमा उपचार उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
बीमितलाई प्रथम बिन्दुका अस्पतालबाट रेफर भएर आएपछि नगद खर्च नगरी उपचार, परीक्षण र विशेषज्ञ सेवा बिमाले नै व्यहोर्ने अस्पतालको भनाइ छ ।

प्रतिक्रिया