ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा आगलागी हुँदा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय मोतीलाल राईको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । ढुङ्गा–माटोले बनेको र जस्ताको छानो भएको एक तले घरमा अचानक आगो लाग्दा घरसहित भित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात तथा नगद २५ हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार आगलागीबाट मानवीय तथा पशुचौपायामा भने कुनै क्षति भएको छैन ।

प्रतिक्रिया