ओखलढुङ्गामा सर्पदंशबाट घाइते महिलालाई उदयपुर रेफर

भिजन समाचार
48
Shares

ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका–११ बरडाँडामा घाँस काट्ने क्रममा सर्पले टोकेपछि एक महिला घाइते भएकी छन् ।
बिष्णु तामाङ (उमेर अन्दाजी ५२ वर्ष) आफ्नो बारीमा घाँस काट्ने क्रममा सर्पले दाहिने हातको औँलामा टोकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सर्पदंशपछि तत्कालै उनलाई सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारका लागि लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले उनलाई उदयपुर स्थित १८ बाहिनी भुल्के आर्मी ब्यारेक रेफर गरिएको छ ।
प्रहरी कार्यालय ओखलढुङ्गामा घटनाको जानकारी प्राप्त हुनासाथ टोली खटिइ घटनास्थलमा पुग्दा पीडितको अवस्था सामान्य रहेको र उनी थप उपचारका लागि उदयपुरतर्फ लगिएको पुष्टि गरिएको छ । प्रहरीले आवश्यक अनुसन्धान र सहायता प्रदान गरिरहेको जनाएको छ ।