जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा भएको स्थानीय तहको वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा जिल्लाभरका आठै स्थानीय तहले आफ्नो उदाहरणीय काम प्रस्तुत गरेका छन् ।
सिद्धिचरण नगरपालिकाले निःशुल्क मुटुरोग शिविर, खिजीदेम्बा गाउँपालिकाले विद्यालयमा पोषणयुक्त दिवा खाजा, लिखुले निःशुल्क एम्बुलेन्स, चम्पादेवीले कृषिमा यान्त्रिकीकरण, चिशंखुगढीले अन्तरजातीय विवाह प्रोत्साहन, मानेभञ्ज्याङले शैक्षिक महोत्सव, मोलुङले नवजात शिशुका लागि नोमिनल खाता, र सुनकोशीले विपन्न नागरिकका लागि आर्थिक सहयोगलाई असल अभ्यासका रूपमा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा संघीय सांसद रामहरी खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदिप सुनुवार र बाबुराम गौतमले एकताबद्ध भई विकासमा लाग्न सम्पुर्णलाई आग्रह गरेका छन् ।
अनुभव आदानप्रदानले पालिकाबीच सकारात्मक प्रतिस्पर्धा र सहकार्य बढाउने विश्वास गरिएको जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले बताए ।

प्रतिक्रिया