ओखलढुंगामा चार वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार चिशंखुगढी गाउँपालिकाका ती किशोरलाई बिहीबार पक्राउ गरिएको हो । बुधबार बालिकालाई करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका किशोरलाई ओखलढुंगा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया