तीजको दर खाने खर्चबाट बिरामीलाई सहयोग

भिजन समाचार
148
Shares

ओखलढुंगामा हरितालिका तीजको अवसरमा अखिल नेपाल महिला संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनले दर खाने खर्च बचाएर बिरामीलाई सहयोग गरेका छन् । शनिबार ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारत ५० जना बिरामीलाई २५ हजार रुपैयाँ बराबर सरसफाई सामाग्री र पोषिलो खानेकुरा वितरण गरेका हुन् ।

संघकी अध्यक्ष पसुपती गुरुङका अनुसार नुहाउने साबुन, लुगाधुने साबुन, ब्रस, मन्जन, नेलकटर लगायत १५ हजारको सरसफाई सामग्री र १० हजारको बिरामीलाई फलफूल प्रदान गरिएको हो । दर खाने खर्चको सट्टा बिरामीको स्वास्थ्यमा योगदान पु¥याउने उद्देश्यले यो कार्यक्रम गरिएको गुरुङले बताईन् ।