भिजन प्रभावः मान्द्रे दोभानको पक्की पुलमा जमेको लेदो हटाइयो

भिजन समाचार
256
Shares
पुलमा जमेकाे लेदाे हटाउदै । तस्वीर-छविरमण धमला, वडाअध्यक्ष ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० र मोलुङ गाउँपालिका–१ जोड्ने मान्द्रे दोभानको पक्की पुलमा करिब एक महिनासम्म जमेको लेदो स्थानीय र भिजनको दबावपछि हटाइएको छ ।

सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छवि रमण धमलालका अनुसार, हिजो नै लेदो हटाउने योजना भएपनि पालिका बाट जेसिबी आइपुग्न समय लागेपछि आज सफा गरिएको हो । हाल पुल माथि र सुनकोशी तर्फको सडकमा पहिरो पन्छाइएको छ ।

उक्त पुल जिल्ला सदरमुकाम देखी सुनकोशी, चम्पादेवी र लिखु गाउँपालिकातर्फ जाने मुख्य मार्ग भएकाले दैनिक दर्जनौँ सवारी साधनको आवतजावत हुन्छ । करिब एक महिनाअघि पात्लेछापबाट खसेको पहिरोको लेदो पुलको मोलुङतर्फको भागमा जम्दा आवत जावतमा कठिनाइ भएको थियो ।

पुल माथि लेदो जमेको र आवतजावतमा समस्या आएको विषयमा स्थानिय सराेज धमलाले भिजनमा समाचारलाई जानकारी गराएका थिए । भिजनले समाचार प्रकाशन गरेपछी सुनकोशी गाउँपालिकाले जेसिबी प्रयोग गरी लेदो हटाएको हो ।