पत्रकार लाक्पा जी शेर्पा नेपाल शेर्पा संघको केन्द्रीय महासचिवमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ ओखलढुंगाका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रदेश समिति सदस्य शेर्पा हिजो सम्पन्न संघको ७ औं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका हुन् ।
यसअघि उनि संघको सचिव थिए ।
लाक्पा ठिले शेर्पाको अध्यक्षमा नेपाल शेर्पा संघको नयाँ कार्यसमिति मतदानबाट निर्वाचित भएको छ ।

सहमतिको प्रयास सफल नभएपछि मतदान प्रकृया मार्फत चयन भएको नयाँ कार्यसमितिको संघको वरिष्ठ उपाध्यक्षमा लाक्पा शेर्पा, तीन उपाध्यक्ष पदमा दावा शेर्पा, संजय शेर्पा र बाबुकाजी शेर्पा निर्वाचित भएका छन् । तीन महिला उपाध्यक्ष पदमा ल्हमु शेर्पा, लन्जम शेर्पा र आङकान्डु शेर्पा निर्वाचित भएका छन् ।
संघको महासचिवमा लाक्पा जी शेर्पा निर्वाचित भएका छन् । महासचिवमा लाक्पा गेल्जे शेर्पा, उप–महासचिवमा साङ दोर्जे शेर्पा, सचिवमा मिङमार सार्की शेर्पा, माछिरी शेर्पा र दावा शेर्पा (डि.एन.) निर्वाचिन भएका छन् । कोषाध्यक्षमा आङ दोर्जे शेर्पा र सह–कोषाध्यक्षमा नुर्पु शेर्पा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा लाक्पा शेर्पा, सोनाम टाशी शेर्पा, दोर्जे शेर्पा, लाक्पा रिन्जे शेर्पा, छिरिङ शेर्पा, ङाटासी शेर्पा, छिरिङ शेर्पा, लाक्पा शेर्पा, पासाङ किपा शेर्पा, सोनाम शेर्पा, बिरे शेर्पा, आङनिमा शेर्पा, छोङबा शेर्पा, नुर्बु शेर्पा र ल्हाक्चुङ शेर्पा निर्वाचित भएका छन् ।

प्रतिक्रिया