ओखलढुंगामा एक वृद्धको लडेर मृत्यु

भिजन समाचार
36
Shares

ओखलढुंगामा एक वृद्धको लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे घाँस काट्न भनि घरबाट निस्किएका सुनकोशी गाउँपालिका–६, भुल्केका ७९ बर्षीय भिम प्रसाद गौतमको लडेर मृत्यु भएको हो ।

मंगलबार अबेरसम्म पनि घर नफर्किए पछि आफन्तले खोजी गर्ने क्रममा सुनकोशी–६ कै पानी टयाङकी छेउको बाटोमा घासँको भारी सँगै लडेर मृत अवस्थामा दिउँसो ३ बजे आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्याललय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

घटनास्थल सरक्षित राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।